पोखरा सडक महोत्सवमा ७ प्रदेश सहित ४ देशको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने

डीएनबी ।

पर्यटकीय नगरी पोखरामा यही पुष १३ ( बिहिबार) देखि संचालन हुने १९ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा यही पुष १७ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना हुने उक्त महोत्समा देशका ७ वटै प्रदेश र ४ देशका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । महोत्सवमा छिमेकी राष्ट्र भारतीय, चिनिया, जापानिज, कोरियन सांस्कृतिक कार्यक्रम रहने भएको उनले जनाए । महोत्सवमा हस्तकलाका समानको प्रदर्शनी, साहासिक खेल गतिविधिको बृतचित्र प्रर्दशनी, वाल उद्यान समेत हुने भएको छ । त्यसै गरी देशका सातै प्रदेशको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रदेश एक झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश ३ को काठमाण्डौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङ समुदायको, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लाको हुम्लेली जातीको र प्रदेश ७ को डडेलधुराबाट देउडा जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको रेवान पोखराका द्धितिय उपाध्यक्ष लक्ष्मण बरालले बताए ।

कोमागाने पार्क सहित लेकसाईडमा आयोजना हुने उक्त महोत्सवमा दैनिक एक लाख पर्यटक भित्राउने तयारी भएको रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक चौ वहादुर गुरुङ्गले बताए । सडक महोत्सवमा पोखरा र पोखरा आसपासका सहित देशका विभिन्न क्षेत्रबाट मात्र नभई विदेशबाट समेत गरी पाँच दिने महोत्सवमा करिब ५ लाख पर्यटकहरु भित्रिने आफुहरुले अपेक्षा गरेको अध्यक्ष गुरुङले जनाए ।

अफसिजनको रुपमा रहेको यस मौसममा हरेक बर्ष उक्त महोत्सव आयोजना गर्दै आउदा महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बिस्तारै आएको अध्यक्ष गुरुङले बताए । कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सट हुने भएको छ भने पोखराको लेकसाईड स्थित फिस्टेल गेट देखि डिहिकोपाटन सम्म करिब साँढे ३ किलोमिटर क्षेत्रमा महोत्सवको रौनक हुने गरेको छ । गोर्खा वु्रअरी प्रालि मुख्य प्रयोजक रहेको महोत्सवमा नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेको छ । महोत्सवको अवसरमा लेकसाइृड क्षेत्रलाई हाल ध्वजा पोतकाले सिंगारिएको छ ।

महोत्सबको अवसरमा ६ जिल्लाका सुन्तला प्रदर्शनी तथा सुन्तला खेति सम्बन्धि जानकारी समेत गराइने भएको छ । क्षेत्रिय कृषि विकास कार्यालयको समन्वयमा प्रदेश ४ का ६ जिल्ला कास्की, तनहुँ, गोर्खा, स्याङ्जा, पर्बत र लमजुङ गरि ६ वटा जिल्लाका शुन्तलाका स्टल भएको अध्यक्ष गुरुङले जनाए । सुन्तलाको साथमा अन्य कृषिजन्य उत्पादन समेत प्रदर्शन हुने भएको हो । यसपाली मेडिकल पार्टनरको रुपमा नेपाल मेडीसिटि हस्पिटल रहेकोले महोत्सब अवधिभर दर्शक तथा पर्यटकले निशुल्क रुपमा मधुमेहको स्वास्थ्य परिक्षण गर्न पाउनुहुनेछ ।

सडक महोत्सवमा निशुल्क रुपमा सुन्तलाका विभिन्न १५ वटा स्टलहरु रहने भएको क्षेत्रिय कृषि निर्देशनालयका माधव लम्सालले बताए । उनका अनुसार सिन्दुलीबाट जुनार खेतिको स्टल समेत महोत्सवमा रहने भएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरा सडक महोत्सवले पोखरामा आन्तरिक पर्यटकहरुको अत्याधिक भिड हुने हुदा त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुराएको बताए । रेवान पोखराका निर्वतमान अध्यक्ष गोपि बहादुर भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सव पछि पोखराको लेकसाईडलाई पनि नो भेकल जोनको रुपमा विकास गराउने योजना भएको बताए । सल्लाहकार वलराम पहारीले सडक महोत्सव पोखराकै ब्राण्ड भएकोले महोत्सवलाई पार्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बरालले पोखराकै ब्राण्ड सडक महोत्सवमा केहि व्यावसायीले पर्यटकहरुसंग चर्को मुल्य अशुल्ने गरेकोले त्यस प्रति आयोजक र प्रशासनको ध्यान जानुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button