महोत्सवको लागी पर्यटक पोखरा भित्रिने क्रम शुरु भइसक्यो – प्रचारप्रसार संयोजक बराल

लक्ष्मण बराल – प्रचारप्रसार संयोजक

आन्तरीक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले अग्रेंजी नयाँ बर्षको अवसरमा  आयोजना हुन लागेको १९ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भइसकेको आयोजक रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान )पोखराले जनाइसकेको छ । ‘सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित महोत्सब  पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा यही पुष १३ गते देखि १७ गतेसम्म आफ्नो नियमित समयमा संचालन  हुदैछ । आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सब स्थल सम्म तान्न आयोजकले हरेक वर्ष  प्रचारप्रसारमा निकै जोड दिने गर्दछ । जसका लागी आयोजक प्रसारप्रसार उपसमितिनै गठन गरेर अगाडी बढ्ने गर्दछ । यसै सन्दर्भमा यसपालिको प्रचारप्रसारको अवस्था  बुझ्न हामीले १९ संस्करणको पोखरा सडक महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक लक्ष्मण बराल संग पोखरा न्युजका गणेश बरालले गरेको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरेका छौ ।

महोत्सब भोलि देखि शुरु हुदैछ, कस्तो छ तयारी ?

महोत्सबको तयारी समग्रमा सन्तोषजनक छ । हामीले हिजो मात्र महोत्सबको तयारी पुरा भएको सार्वजनिक रुपमा जानकारी गराइसकेका छौ । हामी पूर्ण रुपमा तयारी अवस्थामा छौ ।

तपाईले यसपाली  प्रचारप्रसारको जिम्मा लिनुभएको छ, कस्तो छ प्रचार प्रसारको अवस्था ? 

हो,  मैले  अहिले प्रचारप्रसार उपसमितिको संयोजकको रुपमा काम गर्ने अवसर पाए । सबैको साथ् र सहयोगले मैले मेरो जिम्मेवारी राम्रै संग निभाएको महशुस गरेको छु । प्रचारप्रसारको  अवस्था राम्रो रहेको हामीले पाएका छौ । हामी  आयोजक, सुभचिन्तक तथा संचारकर्मी साथीहरुको टोलि प्रचारप्रसारको लागि बुटवल, भैरहवा, सौराहा, काठमान्डौ लगायतका स्थानमा पुगेर फर्किएका छौ । चारै तिरको माहोल हेर्दा राम्रो पाएका छौ ।

त्यसबाहेक महोत्सबलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न के गरिरहनुभएको छ ? 

अहिलेको समयमा प्रचारप्रसारको सबै भन्दा ठुलो माध्यम भनेकै संचार माध्यम तथा सामाजिक संजाल हुन । हामीलाई  पत्रपत्रिका, एफ.एम., टेलिभिजन तथा अनलाइन मिडियाहरुको उल्लेख्य  सहयोग  प्राप्त भईरहेको छ ,  जसले सडक महोत्सबको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा  ठुलो भूमिका खेलेको छ । यसका लागि म सम्बन्धित सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

महोत्सब त भोलि शुरु हुदैछ, कत्तिको संख्यामा दर्शक पर्यटक आउने अनुमान गर्नुभएको छ त ?

अहिले हामीले पोखरामा क्रिसमस तथा नयांवर्षको लागि भनेर केहि  पर्यटक भित्रीइसकेको पाएका छौ । क्रिसमसमा  सर्बसाधारणको उपस्थिति हेर्दा सडक महोत्सबमा उपस्थित हुने आन्तरिक पर्यटकको संख्या हामीहरुले सोचेभन्दा पनि बढी हुने देखिएको छ । त्यसबाहेक बाह्य पर्यटक पनि बढ्ने अनुमान हामीले गरेका छौ ।  क्रिसमस, अग्रेंजी नयाँ बर्ष, तमु ल्होछार पर्वलाई पोखरामा मनाउनु पर्छ भन्ने सन्देश स्थापित भएको हामीले महशुस गरेका छौ। गत बर्षको भन्दा ३० प्रतिशत बढी पर्यटक महोत्सबमा भित्रिने हामीले अनुमान गरेका छौ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

महोत्सब भोलि देखि शुरु हुदैछ, हामीले हाम्रा शुभेच्छुक व्यक्तित्व, संघ-सस्थाहरुलाई उदघाटन समारोहमा उपस्थितिको लागि  पत्राचार पनि गरिसकेका छौ । यदि कोहि कसैलाई अन्जानबस छुटेको भए आफ्नै महोत्सब ठानी उपस्थित भईदिनुहुन बिनम्र अनुरोध गर्दछु । साथै मा सम्पूर्ण दाजुभाई, दिदीबहिनी तथा आमाबुबाहरुलाई महोत्सब अवलोकनको लागि उपस्थित भई भरपुर मनोरंजन लिनुहुन बिनम्र अनुरोध गर्दछु । धन्यबाद!

बराल रेबान पोखराका उपाध्यक्ष हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button