नयाँ वर्षलाई स्वागत गर्न पोखरा सडक महोत्सव सुरु

पोखराको समृद्धिमा सबै सांसद एक

 

अगेंजी नयाँ बर्षलाई स्वागत गर्न विहिबार देखि पोखरामा पोखरा सडक महोत्सव सुरु भएको छ । नयाँ बर्षमा पोखरा आउने पर्यटकलाई खाना, संगित, संस्कृति प्रदर्शन गर्ने उद्धेश्यले रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा विहिबार देखि पोखरामा उक्त महोत्सव सुरु भएको हो ।

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना भएको उक्त महोत्समा देशका ७ वटै प्रदेश र चाईना र भारतको समेत सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले जनाएको छ । त्यसै गरी देशका सातै प्रदेशको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रदेश एक झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश ३ को काठमाण्डौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङ समुदायको, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लाको हुम्लेली जातीको र प्रदेश ७ को डडेलधुराबाट देउडा जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको रेवान पोखराका द्धितिय उपाध्यक्ष लक्ष्मण बरालले बताए ।

 

कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सट हुने भएको छ भने पोखराको लेकसाईड स्थित फिस्टेल गेट देखि डिहिकोपाटन सम्म करिब साँढे ३ किलोमिटर क्षेत्रमा महोत्सवको रौनक छाएको छ । सडक महोत्सव भए पनि शान्ति सुरक्षा र ट्राफिक व्याबस्थापनको हिसावले सडक पेटिमा व्यवसायीहरुले आफ्नो व्यवसाय प्रदर्शन तथा विक्रि गरेकाछन।

महोत्सबको अवसरमा ६ जिल्लाका सुन्तला प्रदर्शनी तथा सुन्तला खेति सम्बन्धि जानकारी समेत गराइएको छ। क्षेत्रिय कृषि विकास कार्यालयको समन्वयमा प्रदेश ४ का ६ जिल्ला कास्की, तनहुँ, गोर्खा, स्याङ्जा, पर्बत र लमजुङ गरि ६ वटा जिल्लाका शुन्तलाका स्टल भएको अध्यक्ष गुरुङले जनाए । सुन्तलाको साथमा अन्य कृषिजन्य उत्पादन समेत प्रदर्शन भएको छ । महोत्सवमा प्रति केजी एक सयमा सुन्तला विक्रि समेत भएको ओमप्रकाश बरालले बताए । उनले उत्पादन गरेका क्याप्सिकम र कोरियन कांक्रो समेत प्रदर्शनीमा राखेका छन। सडक महोत्सवमा सुन्तलाका विभिन्न १५ वटा स्टलहरु रहेकाछन। महोत्सवमा ४४ समुहको र्यालीमा सहभागिता भएको थियो ।

महोत्सवको उद्घाटन सत्रमा पुन समाज पोखरा उत्कृष्ट झाकी भएको छ । दुध पोखरी तमु समाज दोश्रो, तमु प्लेहू संघ तेश्रो र फेवा डुंगा व्यवसायी संगठनले शान्तोना स्थान हासिल गरेको छ। हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेन काजी गुरुङको संयोजककत्वमा तीन सदस्य निर्णायक समितिले र्यालीमा सहभागि उत्कृष्ट झाकी छनौट गरेको हो । यस अघि पोखराको डिहिकोपाटन देखि बाराहीघाट, गौरीघाट, फिस्टेल गेट हुदै कोमागाने पार्क हुदै र्याली महोत्सवको मुख्य स्टेजमा पुगेको थियो । तामझामका साथ विभिन्न जातिको झाकीमा र्याली प्रर्दशन भएको हो ।

यसैबिच, यही पुष १७ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवको कास्कीका प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले अबको १० बर्षमा पोखरामा २० लाख पर्यटक भित्राउने दाबी गरे । सांसद अधिकारीले अब कम्तिमा ५ बर्ष भित्र हालको तुलनामा दोब्बर सङख्यामा पर्यटक भित्राउने लक्ष्य लियर हिड्नु पर्नेमा जोड दिए । पछिल्लो बर्षमा पोखरामा बार्षिक करिब २ लाख विदेशी पर्यटक भित्रिने गरेका छन। तर पोखरामा कति विदेशी पर्यटकहरु आउछन त्यसको कुनै लोखाजोखा गर्ने संस्कार छैन । अचुवाको भरमा यति पर्यटक आए भन्ने गरिन्छ ।

देशकै लोकप्रिय महोत्सवको रुपमा रहेको सडक महोत्सवलाई आन्तरिक पर्यटक संगै बाह्यि पर्यटन प्रवद्र्धनलाई आकषर्ण गर्ने विभिन्न प्याकेज दिन सक्नुपर्ने उनो जोड थियो । प्रदेशको राजधानि निर्विकल्पको रुपमा रहेको पोखरा अन्य क्षेत्र भन्दा अझ बढी आर्थिक विकास र समृद्धिको सम्भावना भएको सांसद अधिकारीले बताए ।

उनले भने “ प्रदेश ४ को उत्तरमा कोरला नाका देखि दक्षिणमा भैसालोटनसम्मको नाका हुदै पोखरा जोड्ने सडक संचालन हुदैछ त्यसै गरी पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्य सुरु भएकोले हवाई मार्ग हुदै विदेशी पर्यटकहरु पोखरा आउने भएकोले गर्दा अब पोखरामा धेरै पर्यटक आउनेछन। ” विमानस्थल निमार्णको काम हालसम्म २.६ प्रतिशत जसो पुरा भएको बताउदै सांसद अधिकारीले प्रदेश ४ कै पर्यटन प्रवद्र्धन गर्ने गरी दिगो ढंगले समयमै सोचेर योजना बनाउनु पर्नेमा जोड दिए । फरक प्रसंगमा सांसद अधिकारीले राजनीतिक अलमलले सरकार वन्न ढिलाई भएकोमा गुनासो गरे । उनले भने “जनताले दिएको म्यान्डेडलाई कान्वयन गर्न किन ढिलाई भई रहेको छ, अब छिट्टै नयाँ सरकार बनेर आर्थिक विकास समृद्धिको बाटो खुल्ला पार्नु पर्छ । ”

कार्यक्रममा कास्कीका निर्वाचित सांसद राजिप पहारी, कृष्ण थापा, विन्दुकुमार थापा, रामजी बराल जिवन, दिपक कोईराला रुपकले पोखराको आर्थिक विकास र समृद्धिमा यहाँ रहेका ताल तलैया, कृषिको सम्भावनालाई उजागर पारी युवा रोजगारलाई प्रोत्साहन गरी, पोखरा क्षेत्रमा पर्यटन पुर्वाधारमा निमार्णमा जोड दिएका थिए ।

रेवान पोखराका अध्यक्ष एंव कार्यक्रम संयोजक चौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा लेखनाथ महानगरपालीकाका मेयर मान बहादुर जिसी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष गोपि भट्टराई, द्धितीय उपाध्यक्ष लक्ष्मण बराल लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button