नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा फेसन नाइट (फोटो सहित)

अंग्रेजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा फेसन नाइट भएको छ । लेकसाइड स्थित ओजन प्रिमियम क्लवको ओजनमा भएको फेसन सोमा काठमाण्डौ र पोखराका दश जना सुन्दर मोडलहरुले बिभिन्न डिजाइनका आकर्षक पहिरनमा रयाम्पमा प्रस्तुत भए ।

मोडेल आकर्षक डिजाइनका लेहेंगा, साडी, जिन्स, उलन, वान पिसमा रयाम्वमा क्याटवाक गर्दा निकै आकर्षक र नसालु देखिएका थिए । मोडेल असमी क्षेत्री, परमिता राज्य लक्ष्मी राणा, सोफी बाटाजु, आरती हमाल, दिक्ष्या गुरुङ, सुस्मीता पुन, र्निमिता घिमिरे, रोसानी नेपाली लगाएतले आकर्षक पहिरनमा क्याटवाक गरेका थिए ।

फेसन नाइटमा डिजाइनर सृजना श्रेष्ठ, दिक्षा भण्डारी, सरिता शर्मा, प्रिया भण्डारी, संगिता रसाइली, प्रियांका भुजेल, कविता गिरी, सिला चन्द, सजना तिवारी, चाँदनीले डिजाइन गरेका आकर्षक डिजाइनका पोषाकमा मोडेलहरु सजिएका थिए । फेसन नाइटमा परमिता राज्यलक्ष्मी राणा सो टपर बनिन् ।

पर्यटकीय शहर पोखराका युवायुवती फेसनमा सचेत भएकोले यसलाई व्यवसायीक रुपमा अघि बढाउन विगत चार बर्ष देखि फेसन नाइट आयोजना गर्दै आएको ओजन प्रिमियम क्लवका संचालक महेन्द्र गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button