काँग्रेसले हारेको छैन, पार्टी सभापतिलाई दोष दिएर उम्कन मिल्दैन – शशाङ्क कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मतको हिसावले काँग्रेस नहारेको बताएका छन ।

निर्वाचनमा काँग्रेसको हारलाई आफूले ठूलो हार नदेखेको बताउदै डा. कोइरालाले गणितीय हिसावले काँग्रेसले हारेपनि मतको हिसावले काँग्रेसको हार नभएको  तर्क गरेका हुन्  । ‘मतको हिसावले हामीले हारेका छैनौं, आरोप र प्रत्यारोपले  समाधान निस्कदैन, नेपाली काँग्रेसले हार्नाका कारण र समाधान खोजौं’, उनले भने । पार्टी सभापतिलाई मात्र दोष दिएर कोही काँग्रेस उम्कन नसक्ने उनले उल्लेख गर्दै कोइरालाले टिकट वितरणमा गल्ती भएको स्वीकार गरे । ‘चुनावी प्रक्रियाको टिकट वितरणमा नेपाली काँग्रेसले गल्ती गरेकै हो, आगामी दिनमा यस्तो गल्ती कम्जोरीलाई सुधार गर्नुपर्छ, ‘ उनले भने  ।

नेपाली राजनीतिमा पार्टीेले जिम्मेवारी प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। सत्तापक्षलाई मात्र आरोप लगाएर काँग्रेसको राजनीति सफल नहुने उनले औंल्याए। ‘उनीहरुलाई दोषमात्र देखाएर हुँदैन,’ डा. कोइरालाले भने, ‘हामी जिम्मेवार प्रतिपक्ष पनि बन्नुपर्छ। उनीहरुको सही काममा सहयोग र गलत काममा आपत्ति जनाउनुपर्छ।’

डा. कोइरालाले बी.पी. कोइरालाले अपनाएको नीतिलाई पछ्याउन नेपाली काँग्रेसको आम कार्यकर्तालाई आग्रह गर्दै पार्टीेले असल कार्यकर्ताको सही मुल्याङ्कन गर्नुपर्ने धाराणा राखे । बी.पी.ले अपनाएको समाजवाद स्थापनातर्फ पार्टी लाग्नुपर्ने बताउदै  बी.पी.ले निर्माण गरेको संगठनलाई सबल बनाए नेपाली काँग्रेसको पुनर्जागरण हुने बिश्वास ब्यक्त गरे ।

राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन्।

उनले पार्टीलाई सुधार गरेरै छाडने प्रतिबद्धता जनाउदै भने, ‘मेरो एउटै उद्देश्य छ, बाँकी पाँच बर्षमा पार्टीलाई सुधार गरेर छाड्नुछ’ । पार्टीलाई थोरै  मत मिलेको कास्की जिल्लालाई नमूना जिल्लाको रुपमा लैजानुपर्नेमा कोइरालाले जोड दिए   ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button