टोपीको महत्व घट्दै जादा पोखराका व्यवसायी चिन्तित

नेपाली परम्परागत रुपमा प्रचलनमा रहेको नेपाली ढाका टोपीको पयोग घट्दै जादा व्यवसायीहरु चिन्तित भएका छन। बार्षिक करोडौं रुपैयाको कारोवार हुने यस क्षेत्रमा पछिल्लो करिब ८ बर्ष देखि यसको प्रयोग कम भएसंगै पोखरा क्षेत्रका व्यवसायीहरु चिन्तित भएका हुन।

पोखरामा विगत ३३ बर्ष देखि ढाका टोपी सहित ढाकाको कपडा विक्रि गर्दै आएका तीर्थलाल श्रेष्ठले नेपाली पन झल्कने ढाका टोपीको पछिल्ला युवा पुस्तामा यसको प्रयोग कम हुने गरेको दाबी गरे । सिद्धार्थ बस्त्रालयका संचालक समेत रहेका श्रेष्ठले हिजोआज ढाका टोपी बिशेष अवसरमा मात्र बिक्रि हुने गरेको जनाए । उनले भने “पहिला ढाका टोपीको खासै सिजन हुने थिएन, तर पछिल्लो ७-८ बर्ष देखि कुनै चार्ड पर्व, मानिसहरु मर्दा पर्दा तथा विवाह लगायतका बिषेश अवसरमा मात्र सम्मान स्वरुप मायाको चिनोको रुपमा प्रयोग गर्ने गरेका छन। ”

बजारमा टोपीको महत्व घट्दै जादा उत्पादन भएको टोपीले बजार नपाएको कारणले गर्दा उद्योग वन्द गर्नु परेको गोशेली टोपी उद्योगका संचालक सुनिल गोशेलीले बताए । उनले भने “पछिल्लो करिब ८ बर्ष देखि नेपालमा पनि ढाका टोपीको ठाँउमा अन्य पश्चिमेली मुलुकका फेसेनेवल टोपीहरु भित्रिएसंगै हामीले उत्पादन गरेका ढाकाको टोपी लगाउने बजार खुम्चिदै गएकोले गर्दा उक्त उद्योग हालसम्म नै वन्द रहेको छ, यदि बजारमा यसको महत्व बुझेर माग हुन्छ भने हामीले पुनः उद्योग संचालन गने पक्षमा छौं, तर बजारको ग्यारेन्टि हुनु पर्यो । ”

सरकारी निकायमा काम गर्ने व्यक्तिहरु देखि अन्य व्यक्तिहरुको अधिकाशंको टाउकोमा ढाकाको टोपी हुदा पहिला बजारमा धेरै माग हुने र सवै सिजनमा टोपीको खपत हुने गरेको उनले जनाए । टोपी उद्योगलाई राज्यले कुनै ध्यान नदिएको र दक्षजनशक्ति उत्पादनमा र बजारमा त्यसको राम्रो ग्यारेन्टि नगर्दा ढाका टोपीको महत्व घटेको उनले दाबी गरे । आफ्नो पसलमा मेसिनबाट निर्मित ढाका टोपी न्यूनतम ५० देखि ४ सयसम्म पर्ने र हातले वुनेका ढाका टोपीको मुख्य ५ सय देखि ७ हजार ५ सयसम्मका टोपीहरु उपलब्ध भएको श्रेष्ठले बताए । पछिल्लो ८-१० बर्ष देखि यसको प्रयोग घट्दै जादा पोखरा क्षेत्रमा स्थापित भएका उद्योगहरु अझै सम्म पनि स्थापित हुन सकेकाछैनन । गोशेली हाउस, विन्ध्यवासिनी, मनकामना, पालिखे ढाका लगायतका टोपी उद्योगहरु करिब ८ बर्ष अघि देखि बजार अभावको कारण विस्थापित भएका हालसम्म पनि पुनः स्थापित हुन सकेका छैनन।

पोखरा बजार क्षेत्रमा भने ढाका टोपीको बिषेश अवसरमा मात्र बढी प्रयोग हुदा पनि कम्तिमा ५ करोड मुल्य बराबरको कारोवार हुने गरेको व्यवसायीहरुले बताएकाछन। कपडा व्यवसायी एशोसियसन कास्कीका निवर्तमान अध्यक्ष प्रेम बहादुर भुजेलले पोखरामा बार्षिक रुपमा करिब ५ करोड मुल्य बराबरको ढाका टोपीको कारोवार हुने गरेको बताए । ५० रुपैया मुल्य देखि १० हजार मुल्य बराबरका एउटै टोपीको मुल्य बजारमा रहेको बताएका भुजेलले गण्डकी तथा धौलागिरीका धेरै जिल्लामा पोखराबाटै ढाका टोपी खरिद तथा विक्रि हुने बताए । हाल पोखरामा पुर्व र पश्चिम पाल्पा देखि ढाका टोपी आउने निवर्तमान अध्यक्ष भुजेलले बताए । पोखरा क्षेत्रका अधिकाशं कपडा व्यवसायिहरुले ढाका टोपीको बिक्रि वितरण गर्दै आए पनि टोपीलाइ बिषेश ध्यान दिदै पालिखे ढाका टोपी, सिद्धार्थ लगायतका पोखरामा टोपीको व्यापार गर्ने आधा दर्जन जसो व्यवसायीहरु रहेकाछन। पछिल्लो बर्ष देखि टोपी दिवसको रुपमा मनाउन थाले पछि दिवसको अवसरमा समेत केहि व्यापार प्रर्वद्धन हुदै आएको उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button