युआरएल पोखराबाट २५ हजार भन्दा बढि सेवाग्राहीको निःशुल्क रक्तपरीक्षण- पन्त

ठाकुरप्रसाद पन्त – प्रबन्ध निर्देशक, युआरएल

स्वास्थ्यको क्षेत्रमा पोखराको युनाइटेड रेफरेन्स ल्याबोरेटरी, (युआरएल)को कम योगदान छैन। अत्याधुनिक मेसिनसहितको प्रयोगशालामार्फत (युआरएल)ले थाइराइड, मधुमेह, क्यान्सर लगायत चारसय भन्दा बढि प्रकारको सफल रक्तपरीक्षण गराउँदै आएको छ। सम्बन्धीत रोगको बिशेषज्ञसहित युआरएलले निःशुल्क रक्तपरीक्षणका शिविरहरु बर्षौदेखि युआरएलले सञ्चालन गर्दै आएको छ। हालसम्म रक्तपरीक्षणको ४२ वटा निःशुल्क शिविर सम्पन्न गरिसकेको युआरएलले शनिबार ४३ औं निःशुल्क रक्तपरीक्षणको शिविर आयोजना गर्दैछ। प्रस्तुत छ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तसंग पोखरा न्युजले गरेको कुराकानी।

४३ औं श्रृंखलाको निःशुल्क शिविर शनिबार गर्दै हुनुहुन्छ, हालसम्म कति जनालाई निशुल्क सेवा प्रदान गर्नुभयो  ?

पृथ्वीचोकमा शनिबार  हुने हाम्रो ४३ औं श्रृंखलाको निः शुल्क शिविर हो। हालसम्म हामीबाट २५ हजार भन्दा बढिले मधुमेह तथा त्यससंग सम्बन्धित रोगको  निःशुल्क परीक्षणमा सेवाग्राहीलाई सेवा प्रदान गरिसकेका छौं। ४२ औं शिविरसम्म आउँदा मधुमेहको साथमा अर्को कुनै एक रोगको रक्त परीक्षणमा निःशुल्क सेवा दियौं। हालसम्म, मधुमेह लगायत कलेजो, खराव बोसो, युरिक एसिड, बाथ संग सम्बन्धित रोगको रक्त परीक्षणमा निःशुल्क सेवा दिदैं आएका छौं। अब, पहिलोपटक थाइराइडसम्बन्धी निःशुल्क रक्तपरीक्षण शिविरको आयोजना गर्दैछौं। मधुमेह लगायत विभिन्न रोगहरुको बिशेषज्ञसहित सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं।

शिविरहरु गर्नुको मूल उद्देश्य के हो ?

युआरएलको सामाजिक उत्तरदायित्व, सबै मानिसले स्वस्थ रहन पाउनुपर्छ र रोग लागेर अस्पताल वा चिकित्सककहाँ जानुभन्दापनि निरोगी रहेर कसरी स्वस्थ जीवन बिताउन सकिन्छ भने मूल उद्देश्य राखेर जानकारीमूलक निःशुल्क रक्तपरीक्षणको शिविरहरु आयोजना गर्दै आएका हौं। त्यसैगरी, रोगहरु लागिसकेको छ भने रक्तपरीक्षण गरेर जानकारी दिने उद्देश्यले जनमानसलाई शिविरमार्फत जोड्दै आएका छौं।

युआरएलबाट पाइने सेवाहरु के के हुन् ?

मानिसहरुमा विकराल रुप लिने रोगहरुलाई समयमै रोक्नका लागि युआरएलले प्रदान गर्दै आएको प्रमूख सेवा हो। मानिसहरुमा रोगहरुले बिकराल रुप लिनुभन्दा अगाडी नै रोगका बिषयमा पहिचान गर्ने, रोगहरुको अवस्था कस्तो अबस्थामा छ भनि रक्तपरीक्षणबाट थाहा पाउने, रोगहरु लाग्न नदिन र रोगलाई नियन्त्रण गरी स्वस्थ जीवन जिउन जनमानसमाझ जनचेतनाका सेवाहरु युआरएलले प्रदान गर्दै आएको छ।

सेवाग्राहीहरु युआरएल नै किन आउने ?

धेरै प्रकारको रक्तपरीक्षण गर्ने ल्याबहरु मध्ये युआरएल नैपालमै एक पर्दछ। विभिन्न रोगसम्बन्धी रक्तपरीक्षण वा युरिन परीक्षण गर्दै आएका छौं। नेपालमै हुन नसक्ने रक्तपरीक्षणसमेत युआरएलले संभव बनाएको छ। जस्तो मुटुले काम गरेको छ कि छैन भनि हार्ट फेलियरको अवस्था थाहा पाउने एण्टी प्रोबीएनपी, गर्भवती महिलाहरुमा हुने थाइराइडको एन्टी टिएसएचआर, महिलाहरुको पाठेघरमा हुने क्यान्सर एचई–फोर र फोक्सोमा हुने क्यान्सको साइफ्रा–२१. को रक्तपरीक्षण गर्दै आएको छ।

युआरएलमा प्रयोग भएका ल्याव सामाग्रीहरु कस्तो प्रकारको हो ?

हामीसंग उपलब्ध उच्चस्तरिय जनशक्ति र अध्याधुनिक मेसिनमार्फत रक्तपरीक्षण गरेर जनमानसमा सेवा प्रदान गर्दै आएका छौं। युआरएलसंग रोज कम्पनीले उत्पादन गरेको विश्वकै सबैभन्दा सर्वोत्कृष्ठ ल्याव मेसिनहरु छन्। सन् २००७ बाट २०१७ सम्म एक नम्बरको मेसिन कहलिएको छ। हामीसंग भएको मेसिनमार्फत परीक्षण भएको गुणस्तरिय र रिजल्टमा बिश्वसनीय हुन्छ। विश्वका ठूला ठूला अस्पताल र प्रयोगशालाहरुले प्रयोग गरेको उच्चकोटीका अत्याधुनिक ल्याव मेसिन हामीले प्रयोग गरेका छौं।

युआरएलले हाल कति प्रकारको रक्तपरीक्षण गर्दै आएको छ ?

हाल युआरएलको ल्याबबाट समान्यदेखि जटिल प्रकारका चारसय भन्दा बढि रक्तपरीक्षण हुँदै आएको छ। समय सापेक्ष, चिकित्सकहरुको आग्रहमा हामीसंग नयाँ नयाँ अत्याधुनिक मेसिनहरु छन्। रोगहरुको सामान्यदेखि जटिल रोगका परीक्षणलाई सहज बनाउने र ४ नं प्रदेशमा डाइग्नोष्टिकको पाटोमा पूर्ण सफल बनाउने लक्ष छ।

हरेक ब्यक्तिहरुले होल बडी चेक–अप गर्न आवश्यक छ ?

आवश्यक छ। होल बडी चेक–अप तीन प्रकारले गर्नु जरुरी छ। पहिलो, रोग लागेका ब्यक्तिहरु जो औषधी उपचारको क्रममा छ। औषधी उपचारको कति प्रगति भएको छ। उसले त्यो थाहा पाइराख्न प्रोग्रेसिभ रिपोर्टका लागि पनि होल बडी चेक–अप गर्नु जरुरी छ। दोस्रो, कुनैपनि मुख्य रोगहरुसंग अन्य रोगहरु देखा परेमा ति रोगहरु पत्ता लगाउन डाइग्नोष्टिक हिसावले पनि होल बडी चेक–अप गर्नु जरुरी हुन्छ। हाम्रो शरीरका प्रमूख अंगहरु जस्तै मुटु, कलेजो, फोक्सो र मृगौला जो निरन्तर क्रियाशील छन। यि अंगहरुको अवस्था थाहा पाइराख्न पनि होल बडी चेक–अपको आबश्यकता पर्छ।

पछिल्लो समय, नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र पँहुच कस्तो छ ?

पछिल्लो समय, देशको प्रमुख शहरहरुमा ठूला सुविधा सम्पन्न आधुनिक अस्पतालहरु खुलेका छन्। पँहुच हुनेहरुले त्यस्ता अस्पतालबाट स्वास्थ्य लाभ लिएपनि देशको धेरै जनमानसहरु स्वास्थ्यको पहुँचबाट टाढै छन्। देशको दूर दराजका ग्रामीण क्षेत्रहरुमा अझै आधुनिक स्वास्थ्य सेवा पुग्न नसक्दा त्यहाँका वासिन्दाहरु उचित स्वास्थ्य लाभ लिनबाट बञ्चित छन्। त्यस्ता ठाउँहरुमा बिशेषज्ञ चिकित्सकसहित दक्ष जनशक्ति तथा आधुनिक अस्पताल र प्रयोगशालाहरु जस्ता पूर्वाधारको स्थापना हुन जरुरी छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button