लमजुङमा पर्यटकलाई लक्षित गरी कुखुरा व्यवसाय

पछिल्लो समय आन्तरिक मात्रै होइन बाह्य पर्यटकको पनि अग्र्यानिक खानातर्फ आकर्षण बढेको छ ।

अग्र्यानिक खानासँगै स्थानीय जातका कुखुराको माग बढ्न थालेपछि पर्यटन व्यवसायी त्यसलाई व्यावसायिकता दिन थालेका छन् ।

लमजुङका पर्यटन व्यवसायी बलबहादुर गुरुङले स्थानीय जातका कुखुराको व्यवसाय शुरु गरेका छन् । प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी स्थानीय जातका कुखुराको व्यवसाय शुरु गरेको उनले बताए ।

“पर्यटक स्थानीय जातका कुखुरातर्फ आकर्षित हुँदै गएका छन्, त्यसैले मागअनुसार व्यवसाय शुरु गरेको हुँ,” उनले भने । अहिले गाउँगाउँसम्म ब्रोइलर र बजारका खानेकुरा पुगेका छन् । तर पर्यटकले स्थानीय जातका कुखुराको माग गर्न थालेका छन् ।

अग्र्यानिक उत्पादन गर्नसके पर्यटकीय क्षेत्रको समेत प्रवद्र्धन हुने गुरुङ बताउछन् । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकसँगै ताघ्रिङको छापा, मिप्रा, घेर्मुको खानी गाउँलगायतका पर्यटकीय गाउँमा आएका पर्यटकलाई पनि आफूले स्थानीय जातका कुखुराको माग पुरयाएको उनले बताए ।

गुरुङले अहिले थोरैमात्र लगानीमा ४०० स्थानीय जातका कुखुरा पालेको बताए । कुनै सरकारी निकायको सहयोग बिना आफ्नै लगानीमा व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनसँग स्थानीय उत्पादन जोडिएको ताघ्रिङका पदम गुरुङ भन्छन, “होमस्टेमा आउने पाहुनाले विशेष गरी स्थानीय जातका कुखुरा खोज्छन्, कुखुरासँगै गाउँको पर्यटन प्रर्वद्धन भएको छ ।”

स्वाद र सन्तुष्टिका हिसाबले स्थानीय जातका कुखुराले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउछन् ।

“बजारमा पाइने खाद्यवस्तुमा धेरैको मन जाँदैन्” उनले भने “ग्रामीण क्षेत्रमा आएका पर्यटक स्थानीय उत्पादन नै खोज्छन्, व्यावसायिक स्थानीय जातका कुखुराले पर्यटकलाई विशेष आकर्षण गरेको छ ।”

ग्रामीण भेगमा अग्र्यानिक खानासँगै स्थानीय जातका कुखुरा विशेष प्राथमिकतामा पर्छ । गाउँका बासिन्दाले स्थानीय जातका कुखुरालाई विशेष प्राथमिकता दिन थालेका छन् । स्थानीय जातका कुखुरातर्फ आकर्षण बढ्दो भए पनि ठूलो परिमाणमा व्यवसाय भने हुन सकेको छैन । स्थानीय जातका कुखुराबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button