दुर्लभ प्रजातिको अजिंगर फेला

कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ ।

स्थानीयवासी राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको छ ।

अजिंगरलाई आरक्षका कर्मचारीले चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेका छन्  । सो अजिंगर संरक्षित प्रजातिको सूचीमा सूचीकृत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए । उक्त अजिंगर पाइथनमोरोलस प्रजातिको रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button