समृद्ध पोखराको परिकल्पना पूरा गर्छौ – पहारी

प्रदेशसभा सदस्य राजीव पहारीले समृद्ध पोखराको परिकल्पना पूरा गरेरै छाड्ने बताएका छन्। उनले व्यवसायिक लगानीमार्फत आर्थिक समृद्धि सम्भव रहेकोले मुद्रण व्यवसायले समृद्ध पोखराको परिकल्पनालाई पूरा गर्ने दावी गरे।

मुद्रण उद्योग संघ कास्कीको आठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथिसमेत रहेका कास्की क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले उद्घाटन गर्दै यस्तो बताएका हुन्। पहारीले मुद्रण व्यवसायीलाई परेका हरेक समस्या समाधानका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए। उनले स–साना कुरा ध्यान नदिईने समस्याले पोखरालाई समृद्ध बनाउने प्रयासमा ठूलो असर परेको उल्लेख गरे।

पहारीले पोखरामा नै गुणस्तरीय र राम्रा छापाखाना यहाँका सरकारी अड्डा अदालतले, नगरपालिका, जिविसले यही पोखरामा नै छाप्नुपर्ने शासनसत्तालाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए। छाप्ने कुरालाई केन्द्रीकृत गर्ने हो भने किन चाहियो ? उनले प्रश्न गरे, ‘यो विकेन्द्रीकृत साशन किन चाहियो ? संघीय शासन ?’ संघीय शासन भनेको त यहाँभित्रका सबै काम यही गर्छौ भनेको हो उनले उल्लेख गरे। पहारीले छाप्ने कुरा काठमाण्डौ र डिल्ली खोज्ने प्रबृत्तिलाई निरुत्साहित गर्दै संघीय खालको अपनत्व खोज्ने र यसको निम्ति छापाखानाले पहल गर्नुपर्र्ने बताए।

२८ सालदेखि छापाखाना सुरु भएको पोखरामा हाल ६६ वटा छापाखाना छन् । तिछापाखानामा १ हजार जनाले रोजगार पाएको छ। छापाखाना उद्योगहरुले न्यूनतम २० लाखदेखि १० करोड सम्मको लगानी गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button