तनहुँमा ध्वाँसे चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ

तनहुँमा ध्वाँसे चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले जिल्लाको आँबुखैरेनी–४, मुग्लिङपुल नजिकैवाट ध्वाँसे चितुवाको ३ वटा छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको हो ।

मुग्लिङ पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा. १५ च. ७४५६ नं. को स्कारपियो जिपमा शंका लागी चेकजाँच गर्दा गाडीमा रहेको कालो रंगको सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी फेला पारेको हो । सोही कार्यमा संलग्न २ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्कार्पियोका चालक नुवाकोट जिल्ला शिबपुरी गाउँपालिका बस्ने २८ बर्षिय भिमबहादुर तामाङ् र गोरखा सुलिकोट गाउँपालिका २ बस्ने वर्ष ३५ बर्षिय ईतबहादुर तामाङ् रहेका छन् । पक्राउ परेका दुवै जनालाई छाला, हड्डी र सवारी साधन समेत आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय तनहुँ दमौली पठाइएको प्रहरीले जनाएको छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button