न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा विगत एक महिनादेखि जारी शीतलहरको बेला अतिगरिब परिवारका वृद्धा रामपरीको न्यानो ओढ्ने ओछ्याउने लुगाफाटाको अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वृद्धा रामपरी देवी आफ्नै घरमा सुतिरहेका बेला बिहीबार अत्यधिक जाडो हुँदा पर्याप्त न्यानो ओढ्ने ओछ्याउने नपाएपछि कठ्यांग्रिएर ज्यान गुमाएकी हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button