पोखराको आनन्दित गृहलाई आमा सेतुलीमायाँ बृत्ति प्रदान

पोखरा न्युज ।

पोखराको माटेपानीस्थित आनन्दित गृह, ह्याप्पी होमलाई यस पटकको आमा सेतुलीमायाँ स्मृति बृत्ति तथा सम्मान प्रदान गरिएको छ।

प्रतिष्ठानले सेतुलीमायाँ शाक्यको ११ औं पूण्यतिथिमा शनिबार आनन्दित गृहलाई नगद एक लाखको थैलीसहित आमा सेतुली स्मृति बृत्ति तथा सम्मान गरिएको हो। एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले गृहका संस्थापक अध्यक्ष डा. यज्ञमान शाक्य तथा सदस्यहरुलाई सम्मानसहित उक्त रकम प्रदान गरेका हुन्। प्रतिष्ठानका संस्थापक अध्यक्ष बिश्वरत्न शाक्यकी स्व. ममतामयी आमा सेतुलीमायाँको ११ औं बार्षिक पुण्यतिथिको अवसरमा सम्मानसहित उक्त रकम प्रदान गरिएको हो।

कार्यक्रममा संस्थापक अध्यक्ष शाक्यको परिवारबाट आनन्दित गृहको अक्षयकोषका लागि थप १ लाख, १ सय १ रुपैयाँ प्रदान ग¥यो। शाक्यकी नातिनीहरु सुमना बज्राचार्य र सृजिता शाक्यद्धारा गृहकी सञ्चालिका रोमा रावत शाक्यलाई उक्त रकम प्रदान गरेका हुन्। संस्थापक अध्यक्ष शाक्यको आमा स्व. लाटीआमाको देहावसान भएको चौथो दिनको पुण्य तिथिमा उक्त रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा प्रतिष्ठानले ज्येष्ठ नागरिकहरु ७९ बर्षिय डा. कुमार शम्शेर राणा र खेमनाथ शर्मा पौडेललाई दोसल्ला ओढाई सम्मानपत्रद्धारा सम्मान गरेको छ। प्रमुख अतिथि गौतम ‘चट्याङ माष्टर’ले राणा र पौडेललाई सम्मान गरेका हुन्।

पोखराको माटेपानीस्थित आनन्दित गृह डा. यज्ञमान शाक्यको विशेष सक्रियता र संरक्षकत्वमा २०७० देखि ज्येष्ठ नागरिकहरुको आवासिय तथा दिवा स्याहार केन्द्रका रुपमा सञ्चालन हुँदै आएको छ। हाल सो आनन्दित गृहमा ४० जना ज्येष्ठ नागरिकलाई दिवा सेवा र १४ जना ज्येष्ठ नागरिकहरुलाई आवासिय सेवा प्रदान गरिदै आएको छ।

आमा सेतुलीमाया शाक्य स्मृति सम्मान तथा बृत्तिबाट यसअघि झापाका चुडामणी रेग्मी (२०६४), कास्कीकी लक्ष्मी अधिकारी, आँकुरा एकल तथा सङ्क्रमित महिला समूह पुरुन्चौर (२०६६), काठमाण्डौंको दिलशोभा आमाघर (२०६८), लमजुङको आदर्श महिला तथा वालविकास केन्द्र (२०७०), पोखराको सहारा एकेडेमी, सहारा क्लब पोखरा (२०७२) सम्मानीत भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button