मिस नेवा खोज्दै आयोजक पोखराको घरदैलोमा

पोखरा न्युज ।

मिस नेवा ११३८ को प्रतिस्पर्धी खोज्दै प्रतियोगितामा सकेसम्म धेरैभन्दा धेरै सहभागिता जुटाउने तयारीमा आयोजक नेवा खलः कास्की जुटेको छ।

प्रतियोगिताबारे जानकारी दिन संस्थाले कास्कीका नेवार वस्ती र टोलहरुमा घरदैलो गरेको छ । घरदैलोमा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठ, महासचिव आनन्द श्रेष्ठ, सहसंयोजक विमल श्रेष्ठ, मिस नेवा ११३७ अंशु शाक्य लगायत सहभागी छन् । पालिखेका अनुसार नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता नेवारी भाषा, संस्कृति, सभ्यतासहित व्यक्तित्व र नेतृत्व विकासको उत्कृष्ट मञ्च भएकाले यसमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। प्रचार प्रसार संयोजक अनिषा श्रेष्ठका अनुसार प्रतियोगितामा सम्भव भएसम्म धेरै प्रतियोगी सहभागी गराउने अभिप्रायले प्रचारप्रचार, सम्पर्क र कार्यक्रम भइरहेको छ।

मूल संयोजक गजेन्द्रमान श्रेष्ठका अनुसार प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भाग लिन सक्नेछन्। प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button