फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्ने पहारीको उद्घोष

कास्कीबाट प्रदेशसभाका नव निर्वाचित सदस्य राजीव पहारीले एक हप्ताभित्र फेवातालको आकार बढाउने काम शुरु गर्ने उद्घोष गरेका छन्।

पहारीले आइतबार सपथ खाएलगत्तै फेवातालमा पुगेर सन्चारकर्मीहरुसंग छोटो प्रतिक्रिया दिदै उनले फेवातालको आकार बढाउने उद्घोष गरेका हुन्। कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का प्रदेशसभा सदस्य पहारीले भने, ‘फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्छु।’ आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउनका लागि स्रोतको खोजी भइरहेको भन्दै पहारीले अब रफ्तारमा काम अघि बढ्ने बताए।

प्रदेश न ४ कै पर्यटनको मुटु फेवाताल बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोलीमात्रै होइन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको जिकिर थियो। फेवातालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नुपर्ने भन्दै अब सो काम शुरु गर्ने पूर्ब तयारीमा रहेको जानकारी समेत दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button