आगो निभाउन जाँदा दुर्घटनामा परेका रबिनलाई आर्थिक सहयोग

पोखरा न्युज ।

पर्वत आरथर डाँडाखर्क हाल कुश्मा नगरपालिकाका वडा नं १४ का २१ बर्षिय रबिन गुरुङ लाई २०७० वैसाख १७ गते पञ्चासेको जंगलमा लागेको आगो निभाउन जाँदा ढुङ्गाको चोटले गम्भिर घाइते उनी उपचार पछि निको भएका छन । उनी त्यती बेला पर्वत मोदी ७ राँपु मामाको घर बस्दै आएका थिए । पञ्चासेको डढेलोले गाँउ नै सखाप हुने डर भए पछि गाँउलेहरुले मिलेर आगे निभाउन गएको बेला उक्त घटना भएको थियो ।

गरिब परिवारका रबिनलाई उपचारका क्रममा उठाइएको सहयोग रकम मध्ये बाँकी रकम सहयोग समीतीले रबिनलाई नै उनको दिगो रोजगारीका लागि खर्च गर्ने भएको समितीका अध्यक्ष चिज काजी गुरुङले बताए । उनको उपचारका लागि करिब १० लाख रुपैया उठेको र करिव २ लाख १५ हजार खर्च भएको गुरुङले जानकारी दिए । सहयोग समितीको सम्पन्न बैठकले उनलाई अभिभावकत्व समेत प्रदान गर्दै जिविको पार्जनका लागि विभिन्न प्रशिक्षण हरु दिने अध्यक्ष गुरुङले बताए ।

‘जंगलमा लागेको निभाउन जाँदा भिर बाट खसेको ढुङ्गाले उनको टाउकोमा गहिरो चोट लागेको थियो’ सहयोग समितीका संयोजक समेत रहेका मनोज गुरुङले भने–घरमा बावु आमा समेत अलग भएर बसेको अवस्थाले पनि रबिनको रेख देख गर्नु र उनलाई स्वरोजगार तर्फ गराउन समाज अधि बढेको बताए । उनको सहयोग लागी हङ्गकङ्ग, युके, कतार, इजरायल, बेल्जियम, पञ्चकोशी समाज, राँपु समाज, लगाएत विभिन्न व्यक्तित्वहरुले समेत सहयोग गरेका थिए ।

उनको उपचारका लागि सामाजिक संजाल बाट पनि रकम संकलन गरिएको सहयोग समितीका अध्यक्ष चिजकाजी गुरुङले बताए । हङकङमा उनको सहयोगका लगि मनोज गुरुङको संयोजकत्वमा समिती बनाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button