म्याग्दीको गलेश्वरबाट जलयात्रा नियमित सञ्चालन हुने

प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुङ्गासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ।

छैटौँ म्याग्दी महोत्सवका अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको र्‍याफ्टिङ प्रभावकारी र स्थानीयवासीले अभिरुचि देखाएपछि व्यवसायीहरु यसलाई नियमित गर्न इच्छुक देखिएका छन् ।

र्‍याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)संग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दासंग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रुटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button