यसरी मनाइयो पोखरामा चिनियाँ नयाँ बर्ष (फोटो फिचर)

पोखरा न्युज – १४ माघ ।

चिनिया नयाँ बर्ष पोखरामा मनाइएको छ । नयाँ बर्षको अवसरमा पोखराको उद्योग वाणिज्य संघमा भएको सांस्कृतिक कार्यत्रलममा चिनियाँ कलाकारहरुले पराम्वरागत पोशाकमा चिनियाँ गीत र नृत्य प्रस्तुत गरेका थिए ।

पोखरा उद्योग वाणिय संघ र ओभरसिज चाइनिज एशोसियसन पोखराको आयोजना भएको कार्यक्रममा नेपाली कलाकारले पनि नेपाली परम्परागत पोशाकमा नृत्य प्रस्तुत गरेका थिए । एशोसियसन पोखरामा रहेर पर्यटन व्यवसाय गर्ने चिनियाँ व्यवसायीको संगठन हो ।

कार्यक्रममा चिनिया राजदूत यु होङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेल लगाएतले चिनियाँ नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पोखरामा रहेर बिभिन्न व्यवसाय गर्ने चिनियाँको बाक्लो उपस्थिति रहेको थियो । चिनियाँ नयाँ बर्ष फ्रेब्रोवरी महिनामा पर्ने भए पनि यहाँका व्यवसायीले अघि नै मनाएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button