नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य – प्रधानमन्त्री

पोखरा न्युज – १९ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई बिहिबार  सम्बोधन गर्दै उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् ।

“नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वभाविक हो,” प्रधानमन्त्री देउवाले भने – “पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।”

उनले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदैै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button