इन्द्रावतीमा नदीजन्य पदार्थ उत्खनन गर्न दिइने

पोखरा न्युज – १९ माघ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिका भएर बग्ने इन्द्रावतीमा आजदेखि नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको छ ।

नगरपालिका प्रमुखको संयोजकत्वमा बिहीबार बसेको बैठकले स्थानीय समन्वय समिति तथा अनुगमन समिति गठन गरेर मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक क्रसर व्यवसायी संघको अध्यक्ष किरण थापाले स्थानीय राजनीतिकदलका प्रतिनिधि, समाजसेवी, पत्रकार र स्थानीयसहितको भेलाले नदीको स्वरुप परिर्वतन र वातावरणको मध्यनजर राख्दै नयाँ मापदण्ड बनाएर मात्रै स्काभेटर प्रयोग गर्न दिने निर्णय भएको बताए ।

थापाका अनुसार मेलम्ची नगरपालिकाभित्रका इन्द्रावती नदीमा रहेका क्रसरले प्रतिवटा स्काभेटर प्रयोग गर्न पाउनेछन् । नदीमा प्रयोग भएका स्काभेटरको दूरी एक किमी टाढा हुनुपर्ने तथा दुई मिटरभन्दा गहिरो खन्न नपाउनेलगायतको मापदण्ड तोकिएको उनले जानकारी दिए ।

समितिमा नगरपालिका प्रमुख संयोजक रहने गरी स्थानीय समन्वय समिति तथा अनुगमन समितिमा सुरक्षा निकायका प्रमुख, सम्बन्धित वडाको अध्यक्ष, ठेक्का लिने ठेकेदार रहनेछन् । सोही समितिले मापदण्ड बाहिर रहेर कुनै कार्य गरेको खण्डमा कारबाहीसमेत गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button