पोखरा न्युज , २१ माघ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बाम गठबन्धनले काँग्रेस बिग्रिएको हेर्न चाहेको दाबि गरेका छन्।
नेपाली कांग्रेस कास्कीका कार्यकर्तासंगको भेटघाटमा सिंहले नेकपा एमाले र माओबादीले काँग्रेस सिद्दिएको हेर्न चाहेको उल्लेख गर्दै पार्टीलाई जोगाउन आब्हन गरेका हुन्।
नेता तथा कार्यकर्ता मिलेर पार्टीलाई जोगाउनुपर्ने समय आएको सिंहको आब्हन थियो। पार्टी जोगाउने जिम्मा काँग्रेसकै रहेको सिंहको कथन थियो। उनले नेता र कार्यकर्ता मिलेर पार्टी जोगाउन चासो दिनुपर्नेमा जोड दिए। उनले पार्टीको सिद्वान्त, विचार र आदर्शले मात्र पार्टीलाई जोगाउने दावीगर्दै सिंहले कुनैपनि नेताको पछि लागेर पार्टी नजोगिने जिकिर गरे । उनले भने, ‘पार्टी जोगानका लागि अब बोल्ने बेला आएको छ।’
एनले जताततैबाट पार्टी सुधार्नुप¥यो भन्ने सुझाव आएको छ उल्लेख गरे। ‘पार्टी सुधारौ भन्दा गुट बनाउन हिँड्यो भन्ने नसोच्नुहोला,’ उनले प्रष्ट पारे। वर्तमान पार्टीको नेतृत्वप्रति सिंहको असन्तुष्टी छ। पार्टी सभापति पार्टीको विधानभन्दा बाहिरबाट चलेको र विभागसमेत गठन नगरेको काँग्रेसको नेतृत्वप्रति सिंहको आरोप छ। ‘पार्टी बिरामी भएको छ, बिरामी भएपछि उपचारका लागि डाक्टर खोज्छौं,’ उनले भने, ‘ तदर्थवादमा लथालिङ्ग भएको पार्टीका लागि राम्रो नेतृत्व आवश्यक छ, खोजी गरौं।’
नेता सिंहले पार्टीभित्र भएका राम्रा नराम्रा कामको लेखाजोखा नभएसम्म राम्रो काम गर्नेले प्रोत्शाहन नपाउने उल्लेख गरे। निर्वाचनमा कसरी उमेद्बार छनोट गरियो ? संसदीय समितिको कस्तो भुमिका रह्यो ? कति ठाउँमा लज्जास्पद भोट आयो ? त्यसको लेखाजोखा हुनुपर्ने सिंहको प्रश्न छ।