पुम्दीकोटमा बिशाल मुर्ति निमार्णले पोखरामा पर्यटकको बसाई लम्बिन्छ – सांसद

पोखरा न्युज २३, माघ ।

प्रदेश नम्बर ४ का प्रदेश तथा प्रतिनिधि सांसदहरुले पोखराको पर्यटकीय स्थल पुम्दीकोटमा निमार्ण हुने बिशाल महादेवको मुर्ति निमार्णले पोखरामा पर्यटकको बसाई लम्बिने  बताएका छन।

पोखरा लेखनाथमहानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा मंगलबार पुगेका सांसदहरुले विश्वशान्ति स्तुपाःगौतम बुद्धको र शिवको मुर्ति निमार्णले पुम्दीकोट क्षेत्रको धार्मिक तथा पर्यटन विकासमा निकै महत्व राख्ने विश्वास व्यक्त गर्दै पोखराको कम्तिमा एक दिनको बसाई लम्बिने बताएका हुन ।

पुम्दीकोट बिशालमहादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रबर्द्धन समितिले प्रदेश ४ का सांसदहरुलाई फुलमालाले बधाई ज्ञापन गरेको थियो । प्रदेश ४ को मात्र नभई पुम्दीकोट नेपालकै एक धार्मिक एवं पर्यटकीय गन्तव्य हुने हुदा यहाँको भौतिक संरचनामाआफ्नो क्षेत्रबाट समेत आवश्यक सहयोग गर्ने सांसदहरुले प्रतिवक्ता व्यक्त गरेका छन। सांसद रविन्द्र अधिकारीले ठुलो र धेरै महत्व राखेको बुद्ध र शिवको मुर्ति एकै डाँडामा नेपालकै पहिलो पटक निमार्ण हुने भएकोले धार्मिक पर्यटन प्रबर्द्धनमा कोषेढुंगा सावित हुने दाबी गरे । सांसद किरण गुरुङले देशको सभ्यता  हराएको हुदा प्राकृतिक स्वरुप र सभ्यताहरुको खोजिनिती गर्नूपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वाभिमानको निम्ति सवै एक भई अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने “ अब हामी विकासको निम्ति पक्ष र विपक्ष बन्ने छैनौं, धार्मिक सहिष्णुतालाई जोगाउनु पर्छ । ” सांसद पृथ्बी सुव्वा गुरुङले देशमा नयाँ युगको सुरुवात भएसंगै नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिए । जनताको लागि जनतासंगको सहकार्यमाआर्थिक विकास र समृद्धि हुने गरी आफुहरुले प्रदेशलाई नमुना प्रदेश बनाउने दाबी गरे ।

सांसद राजिप पहारीले फेवातालमा मानविय प्रदुषण, प्राकृतिक र भौतिक कारणले ताल पुरीदै आएकोले त्यसको संरक्षणमा प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताए । फेवातालको माथि पर्यटकीय गन्तव्य बिशालमहादेवको मुर्ति निमार्णले पोखराको बसाई लम्वाउने उनले बताए । सांसद जगत विश्वकर्माले सवैको साथ र सहयोग मिलेपछि कुनै पनि नयाँ संरचनाले छिट्टै मुर्त रुप लिने बताए ।

नेपाली कागेंसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ बनाउन पुम्दीकोटमा निमार्ण हुने बिशालमहादेवको मुर्तिले पनि थप टेवापुग्ने जनाए । उनले भने “ अब हामीले राजनितिक लडाइमाअल्झने होईन, विकास र समृद्धिमा लम्किनु पर्छ, यसमा सवै मिलेरै जानु पर्छ । ” अब डाँडाका दिन आएको बताउदै नेता पौडेलले देशमा संघियता लागु भएसंगै अब गाँउठाँउ र डाँडाहरुको महत्व बढ्दै आएको दाबी गरे । युवा जमातलाई अब गाँउमै बस्ने वातावरण सृजना गर्नुपर्ने उनको भनाई थियो । उनले भने “ अब हामीले राजनीतिक बिषयमा तर्क वितर्क गर्नु भन्दापनिआर्थिक विकास र समृद्धिमा देशलाई र आफ्नो प्रदेशलाई कसरी लैजान सकिन्छ त्यस तर्फ चिन्तनमनन गर्नुपर्छ । ” पोखराको फेवाताल सहितका ७ वटा तालमा टलपल, टलपल हुने गरी पानीहुने अबस्थाको ताल संरक्षणमा जुट्न सांसदहरुलाई उनले आग्रह गरे ।

कानुनमन्त्री यज्ञबहादुर थापाले बिशालमहादेवको मुर्ति र शान्ति स्तुपालाई अब लुम्बिनीसंग जोडेर लैजानु पर्नेमा जोड दिए । उनले फागुन ७गते भित्रनयाँ सरकार आउने दोहोराएका छन। उनले भने “ मैले भन्दै आएको छु, अब हामी फागुन ७ गते भित्र सरकार छाड्छौं, अनि नयाँ सरकार आउछ, नयाँ सरकारलाई अग्रिम शुभकामना छ । ”
माओबादी केन्द्रका नेता दीननाथ शर्माले ऐतिहासिक, धार्मिक महत्वले आर्थिक विकास र समृद्धिको लागि सहयोग पुग्ने बताए । पोखरा, लुम्बिनी, मुक्तिनाथसम्मको बुद्ध सर्किट बनाउनु पर्नेमा उनले जोड दिए । कांगेस नेता शुक्रराज शर्माले धर्मका माध्यमले  धेरै जनालाई एकै स्थानमा ल्याउने हुदा यस्ता धार्मिक तथा पर्यटकीय स्थलमा सवैले चासो दिनु पर्ने बताए ।

पोखरा लेखनाथमहानगरपालिकाका प्रमुखकार्यकारी अधिकृत दृर्घनारायण पौडेलले पुम्दीकोटमा धार्मिक र पर्यटकीय गन्तव्य बनाउने भएकोले महानगरपालिकाले साझेदारीमा ३ करोड सहयोग गर्न लागेको बताए । समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको सांसद सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पोखरा लेखनाथमहानगरपालिकाका वडानम्बर २२ का वडाअध्यक्ष मित्रलाल बराल, लायन्स डिष्ट्रिक गर्भनर धनराजआचार्य, महासचिव प्रकाश बराल लगायतले वोलेका थिए ।

धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा भगवान महादेवको विशालमुर्ति सहित पर्यटन पुर्वाधार निमार्ण कार्यले तिव्र गति लिएको समितिकाअध्यक्ष बरालले बताए । ऐतिहासिक पुम्दीकोटामा धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले ५ बर्षमा २१ करोडको बृहत योजना रहेको उनले बताए । उनकाअनुसार हाल ३ करोड ६० लाख मुल्य बराबरको पक्कीभवन निमार्ण भएको छ । बिशालमहादेवको मुर्ति भने युवाउद्यमी कमलनयनले दिने भएको समितिका अध्यक्ष बरालले जनाए । दुई बर्ष भित्र बिशालमहादेवको मुर्ति सहितको सहिद स्मार्क पार्क निमार्ण गरिने भएको उनले जनाए ।

मुर्तिको वरिपरि १ सय ८ शिवलिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमागरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने,पार्किङ लगायतका योजना रहेको अध्यक्ष बरालले बताए । समितिको अगुवाईमा हालै आयोजना भएको महायज्ञबाट जग्गा सहित १० करोड संकलन भएको समितिका सचिव प्रकास बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button