प्रदेश ४ मा वाम गठबन्धनका पाँच र काँग्रेसका तिनजना विजयी

पोखरा न्युज , २४ माघ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को  सार्वजनिक  मतपरिणाम अनुसार  वाम गठबन्धनका पाँच र काँग्रेसका तिनजना विजयी भएका छन्  ।

प्रदेशबाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसका बिन्दादेवी  राना तथा नेकपा एमालेका दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । त्यस्तै, दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भए । अन्य समूहका विजेता तीनजनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा छन् ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका हुन् ।  मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button