पोखराको माउन्ट अन्नपुर्णमा ह्याण्डबल प्रतियोगिता हुने

पोखरा न्युज – २५ माघ । 

पोखरा नदिपुर स्थित पोखराकै पहिलो निजी विद्यालय माउण्ट अन्नपूर्ण मा.वि.ले तेश्रो माउण्ट अन्नपुर्ण यु-१४(U-14) छात्र–छात्रा ह्याण्डबल प्रतियोगिता २०७४ आयोजना गर्ने भएको छ । सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ ।

उक्त प्रतियोगिता माघ २८ गते बाट फागुन १ गते सम्म विद्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताका संयोजक तथा विद्यालय संचालक गिरी प्रसाद गुरुङले जानकारी दिए । प्रतियोगिता बारे जानकारी दिंदै गुरुङले प्रतियोगितामा छात्र १७ टिम र छात्रा १७ टिम गरी कुल ३३ टिमको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार, दोश्रोले नगद ७ र तेश्रो हुने टिमले नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी एक जना छात्र एक जना छात्रालाई जनही नगद पुरस्कार नगद १ हजार, प्रमाणपत्र र ट्रफी, सर्वाधिक गोल कर्ता एक जना लाई नगद १ हजार प्रमाण पत्र र ट्रफी र छात्र–छात्रा फेयर प्ले टिम टिमलाई जनही नगद २ हजारका साथमा प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार लाग्ने आयोजकले जनाएको छ।

विद्यालयले आफ्नो स्थापना काल देखि विद्यालयको उद्धेश्य अनुरुप सामाजिक दायित्व पुरा गर्दै विद्यार्थीहरुको शैक्षिक, शारिरीक तथा मानसिक विकासको निम्ति विभिन्न अतिरिक्त्त क्रियाकलापहरु सञ्चालन गदै आएको विद्यालयका अध्यक्ष चिजकाजी गुरुङले बताए । विद्यालयले सामाजिक दायित्व पुरा गर्र्र्र्ने क्रममा विगतमा टोल सरसफाई कार्यक्रम, प्राकृतिक प्रकोपबाट आहत भएकाहरुलाई राहतमा सहयोग गरेको र यसवर्षलाई ूछिमेकी मैत्री वर्षू को कार्यक्रम गरि विद्यालयका छिमेकीहरुको निशुल्क स्वास्थ्य परिक्षण, छिमेकीहरुको बाल बालिकाहरुलाई अधिकतम् छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेको अध्यक्ष गुरुङले बताए । विद्यार्थीहरुको प्रतिभालाई उजागार तथा प्रष्फुटन गर्न खेलकुदका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइएको समेत उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button