कलाकार राजेन्द्र खड्गी पक्राउ

पोखरा न्युज – २६ माघ ।

प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिबार ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button