पोखराका दुलाहा र भरतपुरकी दुलहीले दिए बिहेको लाखौँ दक्षिणा आश्रमलाई

पोखरा न्युज – २६ माघ ।

स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा बाँधिनुभएपछि आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रु तीन लाख ३७ हजार ६४० उक्त आश्रमका संयोजक रुपा केसीलाई उपलब्ध गराएका हुन् ।

केसीले विभिन्न मनकारीहरुको सहयोगमा आश्रमका असहायको पालनपोषण, संरक्षण स्वास्थ्योपचार चलिरहेको भन्दै यसरी सहयोग गरेकोमा गुरुङ परिवारलाई धन्यवाद दिए ।

सोनियाका बुबा हिमाल गुरुङले आश्रममा रहेका भाइ बहिनीले सडकमा बेवारिसे भएका अशक्त मनोरोगी बुबाआमालाई उद्धार गरी हेरचाह गर्नु महत्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उनले बताए । छोरी ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उनको योजना छ ।

चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगी ५० जना छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button