अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगा–उल्लेरी पदमार्ग मर्मत

पोखरा न्युज – २६ माघ ।

अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगा–उल्लेरी पदमार्ग मर्मत गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको रु पाँच लाख र स्थानीय जनश्रमदान रु दुई लाख गरी कूल रु सात लाखको लागतमा उक्त मर्मत गरिएको हो । वार्षिक २५ हजार देखि ३० हजार पर्यटक पदयात्रा गर्ने सो पदमार्गअन्तर्गत उल्लेरीको उकालोमा ५०० मिटर पदमार्ग मर्मत गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

पछिल्लो समयमा विदेशी पर्यटकका साथै स्वदेशी पर्यटक पनि पदयात्रामा लोभिने गरेको बताउँदै उनले गाउँपालिकाले भएका पदमार्गलाई व्यवस्थित गराउँदै नयाँ पदमार्गको खोजी एवं विस्तार गर्न लागेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button