महिला पत्रकार शेर्पाले सगरमाथा आरोहण गर्ने

पोखरा न्युज – २६ माघ ।

महिला पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छन्।

पर्यतीय पर्यटनको प्रबर्द्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यले पहिलो महिला शेर्पा पत्रकार डोमाले पत्रकार सम्मेलनबीच सगरमाथा आरोहण २०१८ को तयारीका लागि गत मंसिर २५ गते सोलुखुम्बुस्थित ६ हजार १ सय ८९ मिटर उचाईको आइसल्याण्ड पिकमा सफल आरोहण गरेको जानकारी दिइन्। उनले भनिन्, ‘पर्वतीय पर्यटनलाई महत्व दिन र राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्नका लागि सगरमाथा आरोहणको मुख्य उद्देश्य हो।’

दूधकुण्ड नगरपालिका वडा नं ३ सोलुखुम्बु निवासी शेर्पा हिमाली सन्देश डट कमका सञ्चालक हुनुका साथै आदिवासी जनजाती पत्रकार महासंघका सदस्य पनि हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button