टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट जमुना वर्षा शर्मा सम्मानीत

पोखरा न्युज , माघ २७ ।

यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् ।

उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले नगद २० हजार १, दोसल्ला, सम्मानपत्रले सम्मान गरेका हुन्  ।

पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष कास्कीमा १ जना संचारकर्मीलाई पुरस्कृत गरिदै आइएको छ । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा यस बर्ष  गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीले सम्मानका लागि उनलाई छनौट गरेको थियो । समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।

सम्मानीत शर्मा पोखरा एक्सप्रेस समाचारपत्रमा आबद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button