म्याग्दीमा चन्दा उठाएर ११ लाखको लागतमा भवन निर्माण

पोखरा न्युज – २८ माघ ।

म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।

ज्यामरुककोटमा रहेका क्षेत्रीहरुबाट चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलवहादुर कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार न्यूनतम रु तीन हजारभन्दा माथि चन्दा दिने दाताहरुको नाम शिलालेखमा अंकित गरिने भएको छ ।

चन्दा संकलनका लागि अभियान नै सञ्चालन गरिएको थियो । साबिकको ज्यामरुककोट गाविसको तल्लो भेग वडा नं १, ८ र ९ बाट रु दुई लाख र उपल्लो भेगबाट करिब रु १० लाख चन्दा संकलन भएको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button