वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु हुन सकेन

पोखरा न्युज – २८ माघ ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन ।

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजे र १५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ ।

दुवै टोलीले समान २-२ अंक जाडेका छन् । यसअघि भएको दुई खेलमध्ये पहिलो खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो भने युएईको नतिजा पनि समान छ ।

नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

त्यस्तै युएईले भने केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button