भक्तपुरको फर्निचर उद्योगमा आगलागी, १० लाख बराबरको क्षति

पोखरा न्युज – २८ माघ ।

भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button