पोखराको बालमन्दिर माध्यमिक विद्यालयलाई २ लाख ७० हजार रुपैयाँ सहयोग

पोखरा न्युज – २८ माघ ।

पोखरास्थित बालमन्दिर माध्यमिक विद्यालयलाई माउन्टेन ट्रष्ट नेपालले दुई लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयमा आज आयोजित एक समारोहकाबीच ट्रष्टकी सदस्य ग्रीस नागरिक मिएट लौवर्सले विद्यालयका सहायक प्रधानाध्यापक भीष्ममणि लामिछानेलाई उक्त रकम हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत ४४ जना विपन्न वर्गका छात्रछात्रालाई छात्रबृत्ति सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको हो ।

हाल शिक्षा र व्यवस्थापन संकायमा १२ कक्षासम्म अध्यापन गराउँदै आएको विद्यालयले आगामी शैक्षिक वर्षदेखि विज्ञान विषयमा पनि अध्ययन अध्यापन सुरु गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भीष्ममणि लामिछानेले जानकारी दिए । हालै प्रदेश नं ४ को सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित उक्त विद्यालयमा ग्रीस नागरिक मिएटले लगातार तीन वर्ष ट्रष्टका तर्फबाट आँफैं आई सहयोग गरेका छन् ।

कार्यक्रममा उनले आफ्ना साथीका माध्यमबाट सहयोग जुटाइ नेपालमा विभिन्न ठाउँका विपन्न वर्गका बच्चालाई शिक्षाको उज्यालो घामबाट राज्यको मुलधारमा ल्याउन प्रयासरत भएको बताए ।

उनले विज्ञान संकायका लागि प्रयोगशाला निर्माणमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button