प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बन्ने

पोखरा न्युज , २८ माघ ।

प्रदेश नं ४ मा नेकपा (एमाले) का केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने भएका छन्  ।

संसदीय दलको निर्वाचनमा सर्वसम्मत रुपमा  निर्वाचित भएपछि गुरुङ  मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । गुरुङ आज (आईतबार) भएको संसदीयदलको निर्वाचनमा सर्वसम्वत रुपमा संसदीय नेताको रुपमा चयन भएका हुन। संसदीय दलको नेताका लागि पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ दुबैले तिब्र इच्छा देखाएका थिए । दुबैको दाबीपछी  आइतबार  शान्ति वनबाटिका स्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा नेताहरुको  बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको हो ।

संसदीयदलको नेतामा चयन भएसंगै पत्रकारसंग कुराकानी गर्दै पृथ्बीसुब्बाले अब मुख्यमन्त्रीको दाबेदारमा आफु प्रस्तुत हुने बताए । किरण गुरुङसंग निसर्त सहमति भएको बताउदै उनले आफुहरुले राष्ट्रिय हित र एकताको लागि सहमति गरेको बताए । उनले भने “यो प्रदेशको पहिलो काम पुर्वाधार निमार्ण गर्ने हो , सुसासनलाई कायम गरेर मात्र जनताको आकाक्षा पुरा गर्न सकिन्छ, तयस तर्फ मेरो ध्यान केन्द्रित हुनेछ । ”

किरण गुरुङले पार्टी  गुटवन्दीको आधारमा चल्नु हुदैन भन्ने आधारमा सहमति गरेको जनाए । उनले भने “यसमा एकले छाडेपछि मात्र सहमति  हुने हो, निर्वाचन गरेर विभाजित गर्नु उचित नहुने सोचेरै मैले पृथ्बी सुब्बाालाई समर्थन गरेको हुँ । ” प्रदेश ४ को संयोजकको नाताले बृहत बामएकता, पार्टी एकताको निम्त्ति सर्वसहमतिको आधारमा सहमति गर्न पृथ्बीसुब्बालाई सहयोग गरेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button