राष्ट्रिय फुटबल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

पोखरा न्युज – २८ माघ ।

नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो ।

लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उनी उपचारपछि छ देखि आठ महिनामा खेल मैदानमा फर्किनसक्ने डा पाण्डेले बताए ।

धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल उक्त अस्पतालमा ल्याइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button