पोखरा हस्पीटलको प्राविधिक सहयोगमा तनहुँको नेपालटारमा स्वास्थ्य शिविर संचालन

दुई हजार जना लाभान्वीत

पोखरा न्युज – २८ माघ ।

पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टर प्रालिको प्राविधिक सहयोग र लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा आयोजना गरेको वृहद स्वास्थ्य शिविरवाट करिव दुई हजार जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।

नीजि क्षेत्रवाट संचालित पोखराकै पहिलो अस्पताल पोखरा हस्पीटल प्राालिले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै एक वर्ष भरी हरेक शनीवार स्वास्थ्य शिविर संचालन गर्ने योजना अन्तर्गत तनहुँको नेपालटारमा शिविर आयोजना गरेर आफ्ना सेवाग्राहीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा फोक्सीङ सामूदायीक वन उपभोक्ता समितिले स्थानीय संयोजन गरेको थियो । गाउमा संचारलन गरिएको शिविरवाट अस्पतालकै जस्तो विशेषज्ञ सहितको सवैखाले सेवा निशुल्क पाएपछि स्थानीयवासि निकै खुसी भएका थिए ।

शिविरमा स्वास्थ्य परिक्षण गर्न घण्टौ हिडेर सर्वसाधारण त्यहा आएका थिए । मुटुरोग, वालरोग, स्त्री तथा प्रसुती रोग, हाड जोर्नी तथा नशा रोग नशा रोग, नाक काँन घाटी रोग, छाला रोग लगाएतका ओपिटि सम्वन्धी सवै खाले रोगको परिक्षण गरिएको थियो ।

पेट छाती तथा मुटु रोग विशेषज्ञ डा गोपि हिराचन, वच्चा तथा स्त्री रोग सम्वन्धी डा. रिचा श्रेष्ठ, हाड जोर्नी तथा नसा सम्वन्धी डा नविन त्रिपाठी र ओम वहादुर काकीे, नाक कान घाटी सम्वन्धी हरियो खर्क अस्पतालका डाक्टर सञ्जय कोईराला र छाला सम्वन्धी डा. रमेश शर्माले विरामीको निशुल्क जाँच गरेको अस्पतालका प्रवन्ध निर्देशक वासु कोईरालाले जानकारी दिए । स्वास्थ्य परिक्षणका साथै उनीहरुको ल्याव टेस्ट समेत गरिएको थियो । एक्सरे, भिडियो एक्सरे, ईसिजि साथै रगत परिक्षण गरिएको थियो । भिडियो एक्सरेमा डा केशव शर्मा खटिएका थिए । शिविरमा आएका विरामीहरुलाई अन्य समयमा समेत पोखरा अस्पतालमा ५० प्रतिशत सम्म छुट दिने अस्पतालले जनाएको छ ।

शिविरमा शिशशुवा अस्पतालका निमित्त मे.सु. डा मनिसा कोईराला, मेडिकल अफिसर डा कविता पाठक, डा हरिप्रसाद भुषाल, डा. गंगा शर्मा पोखरेल, डा विशाल केसी लगाएतका विशेषज्ञ तथा अन्य प्राविधिकहरु समेत सहभागि भएका थिए ।

क्लवका अध्यक्ष दया शंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ डिस्टीक ३२५ वी वान नेपालका भ्वाईस डिस्टिक गभर्नर असोक श्रेष्ठले शिविरको शुभारम्भ गर्दै सर्वसाधारणलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस भनेर यस्ता शिविर आयोजना गरिएको वताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button