मुस्ताङमा हिमपात

पोखरा न्युज – २९ माघ ।

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ ।

जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए ।

लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताए । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सालगायत ठाउँमा यातयात अवरुद्ध भएको छ । चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन् ।

हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापरलगायत बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । उप्पलो मुस्ताङ र मुक्तिनाथमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button