पोखरामा पाँचौ नदिपुर भलिबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा एपिएफको विजयी सुरुवात

डिएनबी, पोखरा न्युज – ०१ फागुन ।

पोखराको नदिपुरमा सोमबार देखि संचालन भएको पाँचौ नदिपुर भलिबल प्रतियोगितामा विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले विजयी सुरुवात गरेको छ । पुन युनाइटेड क्लबको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा एपिएफले आयोजकको डी समुहलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित गर्दै उद्घाटन खेलमा जित हासिल गरेको हो ।

समुह एमा रहेको एपिएफ पुरुष तर्फको भलिवल प्रतियोगिताको क्वाटर फाइृनलमा यात्रा बनाएको हो । मंगलबार ५ खेल हुने भएको खेल संयोजक निशान शेरचनले बताए । फागुन ५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उदुघाटन पोखरा मालेपाटन स्थित सशस्त्र प्रहरी वलका लिका गणका गणपति (एस.पी.) भिम थापाले राष्ट्रिय रेफ्रि रामपुनलाई वल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै एस.पी. थापाले खेलकुदले स्वास्थ्य नागरिक उत्पादन हुने, खेलकुदले समाजमा विकृति विसंगती हटाउने मद्धत गर्ने र स्वच्छ प्रतिष्प्रर्धाको भावना जागृत गराउने बताए ।

क्लबका अध्यक्ष भिम राम्जालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कर्पा केली समाजका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुन, सल्लाहकार खुमबहादुर पुन लगायतले वोलेका थिए । कार्यक्रममा बरिष्ठका टुनिष्ट दुर्गा बराल वात्सायन, साहित्यकार तेज नाथ घिमिरे, बैंक अफ काठमाण्डौं पोखरा शाखाका योगेन्द्र पुन लगायतको सहभागिता रहेको थियो ।

“स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव ” भन्ने मुल उद्धेश्यका साथ आयोजना भएको उक्त प्रतियोगिता नदिपुर स्थित कर्पाकेली पुन समाज परिसरको खेल मैदानमा संचालन हुदैछ। प्रतियोगितामा प्रथम हुने पुरुष टिमले नगद ७० हजार र दोश्रो हुने ५० हजारका साथमा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्ने भएका छन। त्यसै गरि महिलातर्फ प्रथम हुने टिमले नगद ३० हजार र दोश्रो हुनेले २० हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रतियोगितामा ४० बर्ष माथिकाको लागि प्रौढ प्रतियोगिता हुनेछ । विजेताले १५ हजार र दोश्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितामा पुरुषतर्फ १४ टिम सहभागि भएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button