पोखराको लेकसाइडस्थित प्याराडिसो बारमा बुधबार भ्यालेन्टाइन डेको बिशेष कार्यक्रम हुने

पोखरा न्युज – ०१ फागुन । 

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा नेपालको प्रसिद्ध रक व्याण्ड कब्वेब विशेष कार्यक्रमको गर्ने भएको छ।

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन प्याराडिसोमा कब्बेबले विशेष कार्यक्रम गर्ने भएको हो। बुधबार साँझ हुने कार्यक्रममा कपलपार्टी हुने प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए। उनले नेपाली युवाहरुबीच पछिल्लो समय प्रणय दिवस लोकप्रिय बन्दै गएको बताउँदै युवायुवतीकाबीच थप विषेश बनाउन कार्यक्रम आयोजना गरेको पौडेलले बताए । पौडेलकाअनुसार कपल जोडी र युवतीहरुलाई प्रबेश शुल्क नलाग्ने बताए।

२५ वर्षिय चर्चित रक कब्वेब व्याण्डले हिट रक एल्वमहरु, मर्सिडिज बेन्ज, रोलिङ स्ट्रिङ, रक एण्ड रोल, स्विङ जस्ता चर्चित एल्वमहरुका गित गाउनेछ। त्यसैगरि, डिजे भ्यालेन्टाइन, डिजे लभ र बारका कलाकारको विशेष नियमित प्रस्तुती रहने पौडेलको भनाई छ। पार्टी साँझ सातदेखि सुरु हुने पार्टीमा रातिसम्म चल्लने छ। पोखराको लेकसाइडस्थित प्याराडिसो स्पोर्ट्स बार ‘फुड, ड्रिङ् र म्युजिक’को स्लोगनसहित खेलकुद तथा परिवारीक वातावरण चाहनेका लागि चर्चित रहेको छ।

बारभित्रको फराकिलो क्षेत्र रहेको र जहाँ, जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाइएको पौडेलले बताए। उनले बारभित्रै पुल टेबल, डार्टगेम, चेस लगायतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारिज एनिभर्जरी, संस्थाका एनिभर्जरी, प्राइभेट पार्टी गर्नसमेत विशेष व्यवस्था मिलाएको बताए। उनले बारमा फ्रन्ट, बालकुन्नी, फेवाफ्रन्ट लगायतका ठाउँमा बसेर ‘फुड, ड्रिङ्क र म्युजिक’मा रमाउन पाइने बताए। उनले प्रणय दिवसको कार्यक्रमपछि राति रियल म्याड्रिड र पीएसजीबीचको खेलसमेत देखाउने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button