च्वाछेँ परिवारबाट विश्वका होचा खगेन्द्र सम्मानित

पोखरा न्युज – ०१ फागुन ।

विश्वका होचा व्यत्तिको रुपमा आफ्नो नाम विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरलाई काठमाण्डौं २२ मा रहेको च्वाछेँ परिवारले सम्मान गरेको छ ।

महा–शिवरात्रिको अवसरमा परिवारले खगेन्द्रले नेपालको नाम विश्व सामु नाम राख्न सफल भएको भन्दै उनलाई सम्मान गरेको हो । परिवारका अध्यक्ष विन्देश्वर श्रेष्ठले थापालाई दोसला सहित खादा लगायर सम्मान गरेका हुन । उक्त अवसरमा खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिन बहादुर रानालाई समेत खादा लगायर सम्मान गरिएको थियो ।

यसैबिच, यही फागुन २६ गते भारतका चर्चित नायक सलमान खाँनसंग खगेन्द्र थापा मगरसंग भेटघाट हुने कार्यक्रम रहेको प्रतिष्ठानका सल्लाहकार हरि धमलाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button