पोखरामा मञ्चन भइरहेको ‘सिरुमारानी’ बाट नाट्यकर्मीहरु उठ्दै

पोखरा न्युज – १० फागुन । 

फागुनको ३ गतेदेखि पोखरा थियटरमा नाटक सिरुमारानी’ मञ्चन भैरहेको छ। पोखरा थियटरका संयोजक परिवर्तनका अनुसार फागुन १५ गतेसम्म मञ्चन भइरहनेछ ।

वरिष्ठ साहित्यकार सरुभक्तको नाट्यकृति ‘सिरुमारानी’लाई वरिष्ठ रङ्गकर्मी सोमनाथ खनालले निर्देशन गरेका छन्। यसै नाटकमार्फत प्रकाश घिमिरे, माओत्से गुरुङ जस्ता पोखराका स्थापित नाट्यकर्मीहरुको साथ पोखरेली नव सिर्जनसील रङ्गकर्मीहरुले पाएका छन् जो रङ्गकर्ममा जीवनको लय खोज्दैछन्।

कला र साहित्यको उर्वरभूमी हुँदाहुँदै पनि केन्द्रीकृत राज्यसत्ताको एकत्रीत चरित्रले अहिलेसम्म पनि पोखरा काठमाण्डौको छायाँमा पर्दै आएको यथार्थलाई चिर्दै पोखराले ४ नं. प्रदेशको राजधानी हुनुको नाताले कला र साहित्यमा पनि एउटा सिर्जशील कर्ममार्फत आफ्नो अंश दावी गरेको छ।

नाटक आफैंमा एउटा समयको रङ्ग हो, ‘सिरुमारनी’ले पनि समय परिवर्तलाई आत्मासात गर्न नसक्ने पुरुषवादी मानव चरित्रलाई उदाङ्गो पार्दै नारीहरुले अनुभूत गर्नसक्ने समवेदना र आहुतिका बिम्बहलाई समेटेको छ। नाटक हेरेर यति बुझे पनि धेरै हो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button