कञ्चनपुरमा जंगली हात्तीले गहुँबाली क्षति गर्‍यो

पोखरा न्युज – ११ फागुन । 

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ ।

गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको छ ।

तीसवटा परिवारको झण्डै ३१ बिघा खेतमा पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पु¥याएको नगरपालिकाका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । हात्तीको बथानले रु १५ लाखभन्दा बढीको गहुँबाली क्षति गरेको उनको भनाइ छ । । हात्ती नियन्त्रण गर्नका लागि वडा कार्यालयका तर्फबाट बत्ती जडानको काम शुरु गरिएको उनको भनाइ छ ।

स्थानीय बासिन्दा चुलुवा चौधरीका अनुसार एक साताअघि मात्रै हात्तीको झुण्डले निकुञ्ज क्षेत्रमा शिविर बनाएर बस्दै आएका २१ परिवारको झुपडी भत्काएको थियो । स्थानीय बासिन्दा राति बस्तीमा बस्न छाड्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–३ को हात्ती प्रभावित क्षेत्रमा प्रदेशसभाका सदस्य लालबहादुर खड्काले आज अनुगमन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button