‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियो ‘मुखौटा’ (हेर्नुहोस् भिडियो)

पोखरा न्युज – १९ फागुन ।

म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी जन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् ।

निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

निर्देशक निकेश खड्काले भिडियोलाई फिल्म लुटको फ्लेबरमा निर्माण गरिएको बताए । ‘भिडियो बनाउन कलाकारहरुले निकै मेहनत गर्नुभएको छ । गीत अनुसार निकै राम्रो भिडियो बनाएका छौं ।’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button