यस्तो नेपाली गीत जसले युट्युबमा भेट्दैछ डिस्लाइकको ओइरो (भिडियो सहित)

पोखरा न्युज , १९ फागुन।

शनिबार, यो समाचार तयार पार्दासम्म युट्युबमा ५४ हजार ६ सय ७६ पटक हेरिएको एउटा नेपाली म्युजिक भिडियोले ४३० लाइक पाउँदा ६ हजार डिस्लाइक भेटेको छ।

नवगायिका मिना ढकालको स्वर, राम कार्कीको संगीत तथा दिपकराज पाठकको रचना रहेको ‘आँखा जुध्यो’ बोलको  म्युजिक भिडियोले युट्युबमा अपलोड भएको दुई हप्तामा यस्तो कीर्तिमानी रेकर्ड राखेको हो। संभवत, नेपाली इतिहाँसमै युट्युबमा यस्तो रेकर्ड राख्ने म्युजिक भिडियो यो नै पहिलो हुनसक्छ।

चर्चित हाँस्यकलाकार मनोज गजुरेलबाट डिभोर्स लिइसकेकी गायिका ढकालले सङ्स नेपालमार्फत सार्वजनिक गरेको म्युजिक भिडियोले प्राप्त गरेको ८९४ वटा कमेन्टमा प्रायजसो  सबैले गायिकाको खिल्ली उडाएका छन्।

म्युजिक भिडियोमा गायिका ढकाल आफैले मोडलिङ गरेकी छन्। उनको अभिनयलाई लिएर समेत धेरैले नकारात्मक टिप्पणी गरेका छन्। युट्युबका दर्शकहरुले गरेको कमेन्टको केहि अंश  र भिडियो यस्तो छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button