पोखरा थिएटरमा मान्द्रागोरा सर्कस देखाइने

पोखरा न्युज – २३ फागुन ।

अर्जेन्टिनाको नाटक मान्द्रागोरा सर्कस पोखरामा दूई दिन मञ्चन हुने भएको छ । फागुन २६ गते शनिबार साँझ ५ बजे पहिलो सो तथा २७ गते आइतबार दिउँसो १ बजे दोस्रो सो हुनेछ । पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने ५५ मिनेटको नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि दुई सयको टिकट लाग्नेछ ।

विना डाइलग, हाउभाउ, म्युजिक, लाइट र मुम्मेन्टबाट नाटक मञ्चन गरिनेछ । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको अभिनय नाटकमा रहनेछ । टेक्निसियन आन्द्रे डाइजले नाटकलाई उत्कृष्ट बनाउन प्राविधिक ज्ञान देखाउनेछन् । नाटक सबै उमेर समुहकाले हेर्न सक्नेछन् । नाटक मञ्चन सँगै अर्जेन्टिनाको कलाकारको सहजीकरणमा नाट्य क्षेत्रको बारेमा कार्यशाला समेत हुने पोखरा थिएटरका अध्यक्ष परीवर्तन कार्कीले जानकारी दिए । अर्जेन्टिानको मान्द्रागोरा सर्को कम्पनिले तयार पारेको यो नाटक हेरेर पोखरेली नाट्यप्रेमीले नाटकको नयाँपनको पाउने कार्कीको दावी छ ।

नाटक फागुन २९ गतेबाट काठमाण्डौका विभिन्न थिएटरमा मञ्चन हनुेछ । पोखरा थिएटरमा आगामी चैत्र ८ र ९ गते थाङ्ला तथा चैत्र १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ । साथै विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत्र १३ देखि १५ गतेसम्म तीन दिने नाटक महोत्सवको आयोजना समेत पोखरा थिटरमा हुदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button