सुत्केरीको मृत्युपछि पोखराको क्षेत्रीय अस्पताल तनावग्रस्त

पोखरा न्युज – २७ फागुन ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि परिवार र आफन्तजन आन्दोलित बनेका छन्।

पोखरा लेखनाथ महानगरपालिकाम–२१, निर्मलपोखरीकी ३२ बर्षिय धनमाया पोख्रेलको सुत्केरी अवस्थामा मृत्यु भएपछि आफन्तजनहरुले डाक्टरहरुको लापरवाही भन्दै आन्दोलित बनेका हुन्।

धनमायाले सामान्य डेलिभरीमार्फत शुक्रबार छोरा जन्माएकी थिइन्। बढि रक्तश्राबका कारण दुई पटक शल्यक्रिया गरी धनमायालाई शनिबारदेखि सघन कक्ष आइसियुमा राखेर उपचार गराउँदै आएपनि आइतबार बिहान मात्र चिकित्सकले मृत घोषणा गरेको थियो। धनमायाको आफन्तजनले डाक्टरहरुको लापरवाहीले धनमायाको मृत्य भएको भन्दै शब बुझ्न नमानेको प्रदेश नं ४ प्रहरी कार्यलयले जनाएको छ। घटनाको सत्य तथ्य छानबिन गर्न आफन्तजनले माग गरेका छन्।

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको अस्पतालले बताएको छ। सामान्य सुत्केरी भएको र पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालले जनाएको छ। रक्तस्राव नरोकिएकाले दुई पटक शल्यक्रिया गर्नु परेको र त्यसपछि सुत्केरीलाई बचाउन नसकिएको चिकित्सकहरुको भनाई छ। २०७२ जेठमा विवाह भएको धनमायाको यो पहिलो बच्चा हो। बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button