पोखरामा चैतको १७ गतेदेखि प्राज्ञिक विद्यार्थी परिषदको अधिवेशन

पोखरा न्युज – २९ फागुन।

चैतको १७ गतेदेखि पोखराा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेशन हुने भएको छ।

चैतको १७ गतेदेखि १९ गतेसम्म चल्ने अधिवेशनमा ७७ जिल्लाबाट करिव ११ सय विद्यार्थी, शिक्षक र शिक्षाविद्हरुको प्रतिनिधित्व रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। विद्यार्थी परिषद पोखरा ईकाईले अधिवेशनको तयारी तिब्र बनाएको छ।

परिषद्का राष्ट्रिय महासचिव कँडेलले राष्ट्रियता, लोकतन्त्र, रोजगार र मूल्यमा आधारित शिक्षाका लागि ऐतिहासिक हुने बताए। बिश्वविद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थाहरु दलीय राजनीतिको हस्तक्षेपहरुबाट मुक्त हुनुपर्छ भन्ने प्राज्ञिक विद्यार्थी परिषदको धारणा रहेको कँडेलले बताए। उनले दलगत मान्यताबाट माथि उठेर परिषदले शिक्षा क्षेत्रमा काम गरेको उल्लेख गरे। उनले परिषदको सांगठनिक संरचना बनेको चर्चा गर्दै देशभरीको चारसय भन्दा बढि क्याम्पसहरुमा प्राज्ञिक विद्यार्थीहरुको बलियो संगठन बनेको दावी गरे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button