नेपालमा ८ महिनाको अवधिमा एक हजार ७९ मेट्रिक टन माछा आयात

पोखरा न्युज – २९ फागुन ।

भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए ।

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सुँगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ ।

भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए ।

सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button