त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना : मृत्यु हुनेको संख्या ५१ पुग्यो (अपडेट)

पोखरा न्युज – २९ फागुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ ।

राससले गृह मन्त्रालयको हवाला दिंदै दिएको समाचार अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो । मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो ।

स्रोत : इकान्तिपुर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button