पोखरा रंगशालामा टेनिस कोर्ट निर्माणका लागि टेण्डर आह्वान

केशब पाठक, पोखरा न्युज – २९ फागुन । 

पोखरा रंगशालामा दुइवटा लन टेनिस कोर्ट निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले मंगलबार दैनिक पत्रिकामा इ–टेण्डर आह्वान गरे संगै पोखरेली टेनिस खेलाडीहरु उत्साह छाएको छ । करिव ३ करोड ४५ लाखको लागतमा पोखरा रंगशाला भित्र रहेको टेनिस कोर्ट भित्र एउटा हार्ड कोर्ट र एउटा क्ले कोर्ट सहित चेन्जिङरुम र प्लेयर्स प्यारापिट समेत हुने बताइएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय रंगशालाका इन्जिनियर प्रनिश ताम्राकारका अनुसार पोखरा रंगशालासंगै काठमाडौमा पनि ६ वटा हार्ड कोर्ट निर्माणका लागि संगै टेण्डर गरिएको छ । टेण्डर प्रक्रियाका लागि एक महिनाको समय दिइएको र सन २०१९ को जनवरी ३१ तारिख सम्म काम सम्पन्न गरि सक्नु पर्ने जनाइएको छ । सन २०१९ को मार्चमा नेपालमा आयोजना हुने १३ औ दक्षिण एशियाली खेलकुदलाई मध्येनजर गर्दै यि भौतिक पूर्वाधारहरु निर्माण हुन लागेका हुन । निर्माण हुने सम्पूर्ण पूर्वाधारहरु अपाङ्ग मैत्री हुने ताम्राकारले बताए ।

इन्जिनियर ताम्राकारका अनुसार यो सानो तर आधुनिक ढङ्गको हुनेछ । उनले खेलाडी नुहाउन तातो पानी र २५० जना अट्ने उत्तर फर्केको प्लेयर्स प्यारापिट निर्माण हुनेछ जहाँ दर्शकहरु हिमालको दृश्यावलोकन संगै खेलको मज्जा लिने छन । टेण्डरमा आह्वान भए अनुसार निर्माण हुन लागेका यि दुवै कोर्ट, खेलाडी चेन्जिङ्ग रुमहरु टेनिस खेलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) को मापदण्ड अनुसार हुने टेण्डरमा उल्लेख गरिएको छ ।

हाल पोखरा रंगशालामा ५ वटा क्ले कोर्टहरु रहेका छन । ति कोर्टहरु पोखरेलीहरुको सहयोगमा नै निर्माण गरिएको कास्की टेनिस संघका अध्यक्ष बिनोद कायस्थले बताए । अब पोखरामा कुनै पनि अन्तर्राष्ट्रिय स्तरका टेनिस खेलहरु पोखरामा सम्भब हुने अध्यक्ष कायस्थले बताए । ‘हामी जुन सोचका साथ २०७० बाट पोखरा रंगशाला भित्र टेनिसको काम थाल्यौं अब त्यो पुरा हुने चरणमा छ यसमा हामी खुसी छौ ।’ अब निर्माण हुन लागेको २ वटा कोर्ट सहित ७ वटा पुग्ने छन र पोखरा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको टेनिस प्रतियोगिताका लागि सक्षम हुने उनले बताए । ‘यो कोर्टमा टेनिस खेलाडीहरुले छुट्टै अनुभुती पाउने छन संसारको कुनै ठाँउमा पनि हिमाल हेर्दै खेल्न पाउने ठाँउ नै छैन न त यहाँको मौसम नै यो बिरलै सम्भव छ’ अध्यक्ष कायस्थले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button